Krishna Niroula

Krishna Niroula Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Krishna Niroula, nepal Biratnagar, Biratnagar.

हेल्पिंग हेन्डस इन इजरायल को सस्थापक परिकल्पनाकार हुदै २०६५ साल देखि इजरायल बाट शुरु भएको सामाजिक यात्रामा ,NRNA इजरायल महासचिवहुदै,२०७० साल देखि नेपालमा सहयोगी मनहरुको समाज सस्थाको सस्थापक महासचिब,हाल रस्वापा बि.म.न.पा. सभापती जय देश जय घन्टी.. हेल्पिंग हेन्डस इन इजरायल को सस्थापक ,परिकल्पनाकार हुदै २०६५ साल देखि इजरायल बाट शुरु भएको सामाजिक यात्रा ,NRNA इजरायल महासचिव हुदै,२०७० साल देखि ७० ल

ाखको परोपकारी कोषको स्थापना गरि नेपालमा सहयोगी मनहरुको समाज सस्था स्थापना गरि सस्थाको सस्थापक महासचिब हुदै सयौ दुखि पिडितहरुको घाउमा मलम पट्टि लगाउदै अनवरत रुपमा सेती बाडी पहिरो , २०७२ सालको भूकम्प, सिधुपल्चोक,काभ्रे पलान्चोकको विनासकारी पहिरो,राजकोट अस्पताल निर्माण , चितवनको अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माण लगायत कोभिड जस्ता समस्यामा हरेकको सहयोगी बनेर अनवरत रुपमा सामाजिक कार्यमा सम्मर्पित, न नाम ,न पद ,न लोभ ,न स्वार्थ सबै भन्दा माथि उठेर समाजमा मौलाएको सामाजिक बिकृति ,भ्रस्टाचार ,बेठेतिको अन्त्य गर्न समाजमा एउटा ईटा थप्न सकिन्छ भन्ने अठोट का साथ आदरणीय पार्टी सभापतिको विचार संग सहमत भएर स्थापना कालदेखि रास्ट्रीय स्वतन्त्र पार्टी बिराटनगर महानगरपालिका को स्थापनाकल उपसभापति र हाल सभापति भएर पार्टीको जिम्मेवार भूमिका निर्वाह गरि रहेको छु ,जय देश जय घन्टी ...
सम्पर्क -९८५२०२९४३९

14/03/2026

३५ बर्ष देखि लोकतन्त्रको नाममा तानाशाह तन्त्र चलाईएको रहेछ, भन्ने कुरा यसपटकको चुनावले स्पस्ट बनायो | बिराटनगर महानगरपालिका जस्तो स्थानमा खसेको मतको ७०% आएको वडाहरुमा बुथ प्रतिनिधि बस्नको लागि मान्छे खुल्न डराउनु , डराई डराई भित्रि रुपमा सहयोग हुन्छ भनेर पन्छिनु ,मेरो नाम नलिनु भन्नुले समाज कुन मोडमा पुगेको रहेछ भन्ने कुराको चित्रण गरेकोछ |

यसपटकको चुनावले परिणाम मात्र हैन,दशकौ देखी दविएर बसेको जनताको डर, ठेक्काको राजनीतिक र पैसाले सधै मान्छे किन्न सकिन्छ भने युगको अन्त्य भई , नयाँ युगको शुरुवात भएको छ |

यो चुनाव एक अघोसित जनमत संग्रह सावित भएकोछ, जुन परिणामले देखाएको छ ,यो चुनाव एक अघोसित प्रतक्ष प्रधानमन्त्रीको चुनावको रुपमा पनि साबित भएकोछ, किनकी चुनाव पहिले नै, प्राय मुख्य सबै पार्टीले हुनेवाला प्रधानमन्त्रिको घोसणा गर्नु भएको थियो ,सडक सडकमा अबकी वार बलेन सरकार,अबकी वार गगन सरकार ,अबकी वार के.पी. सरकार ,अबकी वार प्रचण्ड सरकारको नारा लगेको थियो ...
अन्त्यमा जित अबकी वार बलेन सरकारको भएको छ ,जित नेपाली जनताको भएको छ ,जित जिन्जी पुस्ताको भएको छ ,जित नेपाल आमाको भएको छ |

वस अब हाम्रो कामको डेलिभरीले,हाम्रो भविस्य तय गर्ने छ , जब सम्म स्थानीय तहमा हामी पुग्दैनौ ,तब सम्म जनताले महसुस हुने डेलिभरी दिन गार्हो छ ,चाडो भन्दा चाडो , संगठन निर्माणको प्रक्रिया लाई अगाडी बढाउनु पर्छ ,आउने दिनमा संगठन विना जितको परिकल्पना गर्न गार्हो छ ,मात्र काम,काम.काम हुनु पर्दछ , संगठनमा तहगत निर्णय अपरिहार्य छ ,तहगत भन्दा बाहिर बाट गरिने कुनै पनि गतिविधि , चलखेल मान्य हुने छैनन् सबैलाई चेतनाभया.....
रास्वपा बिराटनगर महानगरपालिका सभापती
जय देश. जय घन्टी ...

07/02/2026
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य आदरणीय प्रकाश चन्द्र परियार र केन्द्रीय सदस्य निशा मेहता उहाँहरुसंग समानुपाति...
29/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य आदरणीय प्रकाश चन्द्र परियार र केन्द्रीय सदस्य निशा मेहता उहाँहरुसंग समानुपातिक उम्मेरदारी दिदैगर्दा नजिक बाट घुलमिल हुने, अवसर मिल्यो, अतिनै मिलनसार ,प्रखर स्पस्टरुपमा आफ्नो विचार व्यक्त गर्नुहुने पुर्बिय दर्शनमा समेत आस्था राख्नु हुने प्रकाश सर र पार्टी स्थापना काल देखि संगठनको मेरुदण्ड भएर काम गरिरहनु भएकी राजनितिक चेत र सुझबुझ भएकी महिला नेत्री निशा म्याम चुनावी भेटघाटको क्रममा मोरंग क्षेत्र्न.६ र क्षेत्र न. ५ को धनपालथानमा पार्टी प्रवेश कार्यक्रमहरुमा सरिक भएर चुनावी मवाल्को अनुगमन गरियो | हाम्रो जित सुनिस्चित छ ,यो इतिहासले दिएको सुनौलो अवसरलाई सदुपयोग गरेर, जेन्जी आन्दोलनको मर्म र भावनालाई सस्थागत गरेर ,एक दसक भित्र मध्ये आय स्तर भएको देश बनाउनु पर्नेछ ,यस घडीमा हामीलाई गल्ति गर्ने छुट छैन, सबैले संयमता अपनाएर अगाडी बढ्नु पर्नेछ ,थाक्ने छुटछैन, हार्ने छुटछैन | जय देश जय घन्टी ...

नमस्कार सबैमा ,फागुन २१ गते हुनगईरहेको आम निर्वाचन, हाम्रा उम्मेरदारहरुलाई बिजय गराउने निर्वाचन मात्र हैन,यो निर्वाचन ३५...
28/01/2026

नमस्कार सबैमा ,फागुन २१ गते हुनगईरहेको आम निर्वाचन, हाम्रा उम्मेरदारहरुलाई बिजय गराउने निर्वाचन मात्र हैन,
यो निर्वाचन ३५ बर्ष देखि हुदै आएको नितिगत भ्रस्टाचार र वेथितिको अन्त्यको लागि हो |
यो निर्वाचन संबैधानिक निकायहरु,शिक्षा स्वास्थ्य र संस्थानहरुमाहुने राजनीतिक न्युक्तिको अन्त्य को लागि हो |
यो निर्वाचन कार्यपालिका ,न्यापालिका र व्यवस्थापिका र संबिधानको पूर्ण संरचना परिवर्तन गर्ने चाहने र गर्न नचाहने बिचको लडाईको निर्वाचन हो|
,यो निर्वाचन यो संबिधानले परिकल्पना गरेको शासकीय स्वरूप लाई परवर्तन गर्न चाहने दललाई जिताउनु पर्ने निर्वाचन हो |
यो निर्वाचन ७६ जना कलिला भाई बहिनीहरुको बलिदानले मागेको माग लाई सस्थागत गर्ने दललाई दूई तिहाई मतले जिताउने निर्वाचन हो |
यो निर्वाचन स्वर्णिम युगको इतिहास लेख्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई दूई तिहाई दिलाउनु पर्ने निर्वाचन हो |
यो निर्वाचन कोहि व्यक्तिलाई संसद ,मन्त्रि वा प्रधान मन्त्रि बनाउने निर्वाचन नभएको हुदा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहनु भएका देश बिदेशमा रहनु भएका सम्पूर्ण रास्वपा कर्मी ,सुभ चिन्तक शुबेच्छुक ज्युहरुले आफ्नो आफ्नो स्थान बाट खट्नु पर्ने भएको हुदा ,चुनावी क्षेत्रमा रहनु भएका तमाम पार्टीको बिभिन् तह र तप्कामा रहनु भएका साथीहरुले हाम्रा उम्मेरदारहरुको भरसक एक कप चिया पनि नखाई स्वतह-स्फूर्थ रुपमा खट्नु पर्ने अवस्था छ, आफ्नो आफ्नो तह र तप्कामा रहेर वा नरहेर पनि आफुले आफुलाई परिवर्तनको बाहक मान्दै जिम्मेवार सम्झेर अगाडी बढौ ,परिवर्तन हुन्छ ,गर्नु पर्छ ,”इनफ इज इनफ” अब सहेर बस्न सकिदैन ,हाम्रो लाई मात्र हैन देश भरिका प्रतक्ष तर्फ र समानुपातिक तर्फका सबैलाई जिताउन सके मात्र परिवर्तन सम्भवछ | हामीलाई हार्ने छुट छैन, थाक्ने छुट छैन भन्ने हाम्रो पार्टी सभापतिको भनाईलाई मम गर्दै सबैमा यो कुम्भमा होमिन हार्दिक अनुरोध गर्न चाहन्छु | जय देश जय घन्टी ...
रास्वपा बिराटनगर महानगरपालिका सभापति- कृष्ण ब.निरौला

Address

Nepal Biratnagar
Biratnagar
WADAN1POKHARIYA

Telephone

9852029439

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Niroula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share