14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्षले तपाईंको हृदयमा आशा र आत्मविश्वासको उज्यालो भरिदियोस्। अधुरा सपनाहरूले नयाँ पखेटा पाओस्, थाकेका मनहरूले नयाँ ऊर्जा भेट्टाओस्। जीवनका हरेक मोडमा सानो–सानो खुसीले पनि ठूलो अर्थ दिन सकोस्।
तपाईं र तपाईंका प्रियजनहरू सधैं सुरक्षित, स्वस्थ र खुशी रहुन्।
जीवनका हरेक दिन मायाले भरिएको रहोस्, र हरेक पाइला सफलताको नजिक पुर्याओस्।
नव वर्षको हार्दिक शुभकामना!
Outfit Fashion – Birtamode