18/09/2026
🎓 उडाउने हैन त टोपी? 🎓❤️
🎓: त्रिभुवन विश्वविद्यालयले २०८३ मा हुने ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन फाराम खुलाएको छ।
यसपटकदेखि सातै प्रदेशमा प्रदेशगत दीक्षान्त केन्द्र रहनेछन् र समारोह फरक-फरक मितिमा सञ्चालन हुनेछ।
आवेदकले आफू सहभागी हुन चाहेको कुनै एक प्रदेशको दीक्षान्त केन्द्र छनोट गरी आवेदन दिन सक्नेछन्। तर, एकपटक केन्द्र छनोट गरेपछि परिवर्तन गर्न पाइने छैन।
एम.फिल., पीएच.डी. तथा Topper र Medal प्राप्त गर्नेहरूले भने बागमती प्रदेश केन्द्र नै छनोट गर्नुपर्नेछ।
वि.सं. २०८२ जेठ १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म (15th June 2025 to 14th June 2026) ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन्।
आवेदन अवधि: २०८३ असोज १ गतेदेखि कार्तिक १२ गतेसम्म।
For more detail:9810061281