03/23/2024
५० बर्ष नाघेका डिप्रेसनबाट ग्रस्त व्यक्तिलाई उसको श्रीमतीले एकजना मनोचिकित्सकहाँ लैजान्छिन र भन्छिन — हेर्नुस न, केही दिनदेखि मेरो श्रीमान भयङ्कर डिप्रेसनमा छन्। उहाँलाई ध्यान दिएर हेर्नुहोस्.. यी सबैको कारणले गर्दा म पनि मानसिक तनाबमा छु ।
मनोचिकित्सकले काउन्सेलिङ्ग सुरु गरे । त्यसपछि केही व्यक्तिगत कुरा सोधे र ती व्यक्तिको श्रीमतीलाई बाहिर वेटिंग रुममा बस्नको लागि भने ।
डिप्रेसन वाला ब्यक्तिले भन्दै गए —
धेरै टेन्सनमा छु... समस्यै समस्याले थिचिएको छु ..
जागीर को प्रेसर...
छोराछोरीको राम्रो पढाइ लेखाइको टेन्सन..
घरको लोन..
कार को लोन..
केही मन लाग्दैन..
बाहिर बाट हेर्दा दुनियाँले मलाई ठूलो देख्छन्.. तर मेरो कमिलाको जति पनि हैसियत छैन, म धेरै तनावमा छु.. भन्दै उसले पुरै जीवनको किताब खोलेर राखीदिए...
तब मनोचिकित्सकले केही सोचे र भने — तपाईंले दस कक्षासम्म कुन स्कुलमा पढ्नुभयो ?
डिप्रेसन ग्रस्त व्यक्तिले आफूले पढेको स्कूलको नाम भने । चिकित्सकले भने — तपाईंले त्यस स्कूलमा जानुहोस् । त्यहाँबाट तपाईंको दस कक्षाको विद्यार्थी साथीहरुको नामावली रजिस्ट्रर लिएर आउनुहोस ।
डिप्रेसन ग्रस्त ब्यक्ति आफुले पढेको स्कुलमा गए र रजिस्ट्रर लिएर आए । चिकित्सकले भने आफ्नो साथीहरूको नाम लेख्नुहोस र उनीहरुलाई खोज्नुहोस र उनीहरुको वर्तमान जानकारी लिएर आउने कोशिश गर्नुहोस् । सबै जानकारीलाई एउटा डाइरिमा लेख्नुहोस् र एक महिना पछि मलाई भेट्नुहोस ।
कुल चार पन्ना जसमा १७० विद्यार्थीको नाम थियो । उनि ति सबैको विवरण थाहा पाउन महिनाभर दिन रात घुमे । मुस्किलले आफ्नो १४० सहपाठीको बारेमा जानकारी एकत्रित गर्न सके ।
त्यति मध्यमा २० जना मरिसकेका थिए..
७ केटिसाथीहरु विधवा र १३ जनाको सम्बन्ध विच्छेद भएको थियो.
१५ जना जडिया जुवा तास आदि उनीहरुको कुरै नगरौ.
२० जना कहाँ छन् के गर्दै छन् थाहै भएन
५ जना यति गरिब थिए कि कुरै नगरौ..
५ जना यति धनी थिए कुरै छाडौ..
केही क्यान्सर ले पीडित , केही अपांग , डायबिटिज, मुटुको रोगी , चार पाच जना एक्सिडेन्ट्मा हात खुट्टा ढाडको मेरुदण्डमा चोट को कारण ओछ्यानमा थला परेका थिए।
२ देखि ३ नजाको छोराछोरी बेकामे निस्किए.
१ जेलमा थियो...
एउटा साथी ५० बर्षको उमेरमा सेटल भएको थियो त्यसैले बिबाह गर्न चाहन्थ्यो..
जब कि एउटा साथी अझै पनि सेटल भएको थिएन तर उ दुई डिभोर्सको बाबजुद पनि तेस्रो विवाहको खोजीमा थियो...
महिना भरिमा दस कक्षाको सबै रजिस्ट्ररमा भएकाहरूको व्यथा आफै सुनाइ रहेका थिए । तब चिकित्सक ले सोधे — अब भन्नुहोस् अहिले तपाईंको डिप्रेशन कस्तो छ?
उस व्यक्तिले बुझिसकेका थिए कि उसलाई केही बिमारले छोएको छैन । उ भोकै मर्न लागेको थिएन, दिमाग एकदम सहि छ, उसको श्रीमती छोराछोरी एकदम राम्रो छन्, स्वास्थ्य छन् । उ पनि स्वास्थ्य छ । अस्पताल डाक्टरलाई झेल्नुपरेको छैन औषधि खानु परेको छैन । उसले महसुस गर्यो कि संसारमा साच्चै नै धेरै दु:ख छ र म धेरै खुशी र भाग्यशाली छु ।
साथीहरू...
केही हाँसेर बोल्दिने गर्नुहोस्....
केही हाँसेर टारिदिने गर्नुहोस्....
मनमा चिन्ताहरु त धेरै छन्.. केही समयलाई छोड्दिनुहोस। आफू सँग जे छ त्यसलाई कदर गर्नुहोस् हाँस्दै रहनुहोस , खेल्दै गर्नुहोस् , खुशी रहनुहोस र जिबनमा आइपर्ने दुख देखि नडराउनुहोस ।