11/07/2021
सामुहिक #दाइजो_मुक्त_विवाह (रमैनी)
सत साहेब
परमात्माको असिम कृपाले गत शुक्रबार मिति २०७८ श्रावण २५ गते का दिन पूर्णब्रह्म कबीर उपासक समाज नेपाल शाखा धनुषाको आयोजनामा जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको पावन सान्निध्यमा जनकपुर उप - महानगरपालिका वडा नं १२, धनुषा निवासी श्री राजेश कुमार यादवको छोरी सुश्री सोनी कुमारी तथा मिथिला नगरपालिका वडा नं ७, धनुषा निवासी श्री शिव कुमार महतोको छोरा श्री अभिषेक कुमार संग र गढिमाई नगरपालिका वडा नं ७, बारा बस्ने श्री चन्द्रका प्रसाद राउतको छोरा श्री मुकेशको तथा मिर्चेया नगरपालिका वडा नं ४, सिरहा बस्ने श्री जगदेव यादवको छोरी सुश्री सोमनी कुमारी संगको दाइजो रहित आदर्श विवाह (रमैणी) सतगुरुदेवको आशीर्वाद प्राप्त गरि १७ मिनेटमा असुर निकन्दन रमैनी पाठ गरि सम्पन्न भयो ।
सन्त रामपालजी महाराजको मूल उद्देश्य सद्भक्ति प्रदान गरि विश्वलाई मोक्ष प्रदान गर्नु हो । विद्यमान समाजमा रहेको कुसंस्कार विकृती विसङ्गतीलाई जरैदेखि निर्मुल पार्न तथा आडम्बर मुक्त समाजबाट आदर्श समाज निर्माण गर्नु हो। छोरीको विवाहमा हुने दाइजो प्रथाले अक्रान्त समाज आज छोरीलाई दुश्मनको व्यवहार गरि भ्रुण हत्या, दाइजो नल्याए बापत ज्यूँदै जलाउने जस्ता जघन्य अपराध हुने क्रम बढ्दो छ । यस्तो अपराध पूर्ण विकृतीको अन्त्य गर्न पूर्णब्रहम कबीर उपासक समाज नेपाल दृढ़ सङ्कल्पित रहि आएकोछ। यस प्रकारका आदर्श विवाह हजारौं सम्पन्न गराईसकेको र समाजमा यस प्रति बढ्दो आकर्षण भएकोले पनि आगामी दिनहरुमा अझ ब्यापक गर्दै लैजाने अठोट लिएको छ।
यस विवाह कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, माननीय सांसद,जिल्लाको उप-सभापती, नगरपलिकाका मेयर तथा विभिन्न जन प्रतिनिधिहरु पाल्नु भइ प्रसंशा गर्नु भएकोमा वहाँहरु प्रति आभार प्रकट गर्दछ।
पुर्ण ब्रह्म कबीर उपासक समाज,नेपाल