Sudurpaschim

Sudurpaschim सुदुरपश्चिमको भेषभुषा,कला ,संस्कृति र पहिचानलाइ चिनाउने र संरक्षण र सम्वर्धनकोलागी जागृतगर्ने अभियान

Picnic program 2025
08/10/2025

Picnic program 2025

08/10/2025
Gaura
02/09/2025

Gaura

होङसङ नगरपालिकाबाट आयोजित २३ औ महोत्सव जहा स्थानिय उत्पादनका फुलका गुच्चाहरुबाट बनाईएका अति नै सुन्दर दृश्यहरु ,कृषि उत्...
31/10/2024

होङसङ नगरपालिकाबाट आयोजित २३ औ महोत्सव जहा स्थानिय उत्पादनका फुलका गुच्चाहरुबाट बनाईएका अति नै सुन्दर दृश्यहरु ,कृषि उत्पादन र परम्परागत नृत्य,नाटक,गायन स्वादिस्ट परिकार र विभिन्न रोचक कुराहरुको अवलोकन गर्न सकिन्छ ।

31/10/2024

लेकम आस्थाको धरोहर:-
============
दार्चुला जिल्लाको लेकम गाउँ पालिका यहाका दुइटा ठुला नदीहरु भारत नेपाल सिमा छुट्ट्याउने महाकालि नदी र दार्चुला बैतडीको सिमाना छुट्ट्याउने चौलानि नदीको बीचमा अवस्थित छ।लेकम गाउँ पालिकाको वडा नम्बरछ:र पाँचका गडेत,त्युनेगाउ,तेलिगाउ,उचाकोट,मेल्लाउ,बमनेत,नचने,असिन्न्याडि,पिर्तोलि,राताकाठा,आदि बस्तीहरु शैल्य शिखर नगरपालिकाको सिमानासित जोडिएका छन भने वडा नम्बर चार र तीनका बुरौसे,ओडिगाउलेक,दौ,पौतोलि,झलाति,उकमा,गुमखोलि,बकरबाटा,राडम आदि बस्तीहरु मालिकार्जुन गाउँ पालिकाको सिमाना सित जोडिएका छन।त्यस्तैराडम,बङ्तड,लालि,खम्तड,मौजी,कुर्ज्यानि,रतौडा आदि गाउहरु महाकालि नदि सङ्ग जोडिएका छन भने वडा नम्बर तीन,दुइरएकका रतौडा,रे,बिटोरा,बिनखालि,सेजालि,चौण,बित्थड,खेतालि आदि गाउहरु चौलानि नदिसङ्ग जोडिएका छन। यसरी यो गाउँ पालिका लगभग गोलाकार आकृतिमा रहेको छ।
खोच टार बेसी र पहाड निर्मित यो गाउँ पालिकामा चारोटै बर्णका बिभिन्न जातजातिहरु निवास गर्दछन।वडा नम्बर एकमा साउद र बोहराजातिको बाहुल्यता छ भनेपन्त,बिष्ट(क्षेत्री),रावल,खत्री ,कार्की ,लावड बादि,भट्ट ,धामि आदि जातिहरु सौहाद्र रुपमा बसोबास गर्दछन।वडा नम्बर दुइमा भट्ट, धामि,कार्की र जोशी हरुको बाहुल्यता छ भने ठगुन्ना,कामि,दमाइ,सार्की,टमटा ,धामि, खत्री आदि जातिहरु भाइचाराको आत्मीयताकासाथ बसोबास गर्दछन।त्यस्तै वडा नम्बर तीनमा जोशी जातिको बाहुल्यता भएपनि भट्ट,बिष्ट(क्षेत्री),चन्द,भन्डारी,ऐरी,थापा,मार्कण,पार्की,सार्की,लुहार,टमटा,खत्री,पन्त,अवस्थी,धामी,बादि,दमाइ,तिरुवा,महर,पहरी,आदि जातिहरु बसोबास गर्दछन।
वडा नम्बर चारमा गिरी,जोशी र धामी जातिको बाहुल्यता भए पनिकुवर,,बगाल,बस्नेत,ओझा,पार्की,सार्की,भाट, दमाइ,बादि,पाल(ठ्कुरी)आदि जातिहरु बन्धुत्त्वका साथ बसोबास गर्दछन।
वडा नम्बर पाँच बिष्ट(बाहुन)जातिकोमूल थलो भए पनि जोशी र बोहरा जातिको बाहुल्यता छ भने धामी ,खत्री ,मिस्र,लुहार ,दमाइ,भट्ट,भाट,गिरी आदि जातिहरु आपसमा मिलेर बसेकाछन।
वडा नम्बर छ मा खत्री ,मिस्र,धामि,नाथ र सार्की जातिको बाहुल्यता छ त्यहा पन्त,लुहार, महर,दमाइ र साउद जातिहरु अल्पसङ्ख्यक रुपमा बसोबास गर्दछन।यसरी लेकम बिभिन्न जातजातिको साझा थलोको रुपमा अवस्थित छ।
लेकम गाउँ पालिकामा धेरै थरि जातजातिहरुकोबसोबास भए पनि साझा सङ्स्कृतिको थलो हो।यहाका सबै जातजातिहरु हिन्दु धर्मावलम्बी छन।देव सङ्रक्षित भएकोले देवभूमिको नामले चिनिने ठाउँ हो लेकम।यहा गावैपिच्छे देवताहरुको बास छ।बस्ती बस्तीमा देवि देवताका मन्दिरहरु छन।यी मन्दिर र देवि देवताहरुका धामहरुको बर्णन यसरी गर्न सकिन्छ;लेकमका आदिदेव त श्री मालिकार्जुन नै हुन।जो लेकमको वडा नम्बर पाँचको रिठा स्थित जाइझिल धाममा विराजमान छन किम्बदन्ति अनुसार श्री मालिकार्जुन स्वामि जाइझिलबाटै शिखरधुरा रोजि धामासीन हुनु भएको हो।मड गाउको सिरमा शिखरधाममा मालिकार्जुन स्वामिको विराजित धाम भएकोले मड गाउको नाम नै मालिकार्जुन स्थापित हुन गएको हो।श्री मालिकार्जुनका आठ महरानीहरुमा चारओटा महारानी शक्तिपीठहरु लेकममा मात्रै बिराजित छन।छ नम्बर वडाको उचाकोटमा सोभाश्री,एकनम्बरको बन्नोलीमा भानुमाता,चार नम्बरको पातिमा पदमामाता र पाँच नम्बर को मैखोलिमा सुनामाताको नामले बिराजित हुनुहुन्छ भने दुइ नम्बरको गराडिमा श्री मालिकार्जुन स्वामी स्वयं उत्पत्ति लिङ्गको रुपमाबिराजित हुनुहुन्छ।यी बाहेकलेकमका गाउँ गाउँ बस्ती बस्तीहरुमा अनेक देवि देवताहरु स्थापित रुपमा बिराजमान छन।क्रमिक रुपमा नभै वडागत रुपमा यहाका देविदेवताका नाम र धाम यसरी प्रस्तुत गर्न सकिन्छ।वडा नम्बर एक सर्मोलि बन्नोलिमा भानुमाता शक्तिपीठ बिराजमान हुनुहुन्छ,भने बडिपूरमा श्री लटिनाथ बिराजित हुनुहुन्छ।सर्मोलिकै सिर धुरामा श्री हुनैनाथ स्वामिको धाम छ र धामको फेदमा श्री हुनैनाथ स्वामिको रनिवास पाटा नामले प्रसिद्ध छ।त्यस्तै पट्युडिमा श्री लटिनाथ धाम छ।खेतालिमा गलैनाथ र उनकै रानीवास देवता गैरीमा डाडाबाग गडबड्यामा कालभैरब र सेलौनामा ब्रह्मदेव बिराजित छन भने चौलानिको तट चौणमा सुङरौ केदार बाबा,ब्रह्म,हुनैनाथ,लटिनाथ बिराजित छन।त्यस्तै बित्थडमा भुमिराज,भौनेलि र लटिनाथ,केदारअनि कैलपाल देवता पनि स्थापित छन।सेजालिमा केदार,भौनेलि लाटदेवता,तल्लाबिनखालिमा दोगड्या,केदार र कैलपाल;मल्लाबिनखालिमा केदार,हुनैनाथ,बालिचन र भगवती स्थापित छन भने पट्युडिमा लावड समुदायका बालापिसाच पनि स्थापित छन।त्यस्तैलेकमको वडा नम्बर दुइमा माथि उल्लेखित श्री मालिकार्जुनको स्वयं उत्पन्नलिङ्ग र लटिनाथ गराडीमा बिराजमान हुनुहुन्छ भने कुणिमा माता भगवती,हुनैनाथ,बालिचन,हरिचन,गोफा केदार बाबा बिराजित छन।कुमलकाडामा खल्च्युर्या देवता पनि बिराजित छन।पिपलकोटमा केदार,ब्रह्म,कैलपाल र लाटाबीर,खेतगराडीमा केदार,लाटदेवता,र तुमड्या बरडामा भुमिराज र केदार सुङरखालिमा हुनैनाथ,बालिचन,हरिचन,गणागाउमा केदार कालछिनि,छौडावेमा हुनैनाथ,कलासैनि र केदार भाटाइजरमा लाटो देवता र खोदाइनाथ बिटोरामा जगन्नाथ,दोगड्या,हुनैनाथ र केदार सल्लामा तमैराज र कनोडामा लटिनाथ स्थापित छन भने रातामाटामा कलासैनिको स्थापना छ।गणागाउको सिरमा गोफा केदारको थान छ।
त्यस्तै वडा नम्बर तीनमा रतौडामा रतौड्या,टमटा समुदायमा गैरीचडी,मौजिमा समैजु,लालिमा माता निङ्गल्लासैनी,रणसैनीसङ्गै गैरीचडी,पार्की टोलमा कनला केदार,मसानि,कैलपाल देवता स्थापित छन भने बङ्तडमा जगन्नाथ,राडममा जगन्नाथ,किम्तडमा मालिकार्जुन,गुमखोलिमा भगवति,भूमिराज,कैलपाल,उकमामा तमैराज,ऐरपालिमा ब्रह्म र मसानि,मकन्नामा देवी ,खम्तडमा कलासैनि र हुनैनाथ कौलेतिमा केदार,कलासैनि र कैलपाल स्थापित छन।वडा नम्बर चारमा माता पदमा नामले पातीमा बिराजित छन।मानिबिसाको सिरान पोखल्लेकमा लटिनाथ, खरकडामा गलैनाथ,थालामा मालिकार्जुन,कालछिनि,आठामा सिद्धनाथ,मानिबिसामा ब्रह्म,रानिआमा,भगवती ,कालिसैनि,बुढाकोटमा भौनेलि,जोगिभन्डारमा तमैराज,टकनामा पार्सिलनामले लटिनाथ ओडिगाउमा मालिकार्जुन,लटिनाथ,कालछिनि, तमैराज,गोरखनाथ,भुम्म्या,पन्चकोटी,पिसाच,पिसाची स्थापित छन।पौतोलिमा मालिकार्जुन,लटिनाथ र तमैराज दौमा मालिकार्जुन देवता स्थापित छन।
वडा नम्बर पाँच लेकम गाउँ पालिकाको ऐतिहासिक धार्मिक ठाउ हो।समयको कालखण्डमा कुनै बेला पानीमा बत्ति बलेको इतिहास बोकेको साबिकको रिठा चौपाता गा बि स का२,३,८,९चारवटा वडाहरु मिलेर बनेको यस वडामा भारतबाट झोलामा श्री मालिकार्जुन ज्योतिर्लिङ्ग बोकेर सिद्धभूमि खोज्दै आएका भक्तहरुले सिद्धभूमि चिनि लिङ्ग स्थापना गरेको त्यहीँ जाइझिल मन्दिरमा आज पनि भक्तजनहरुको बाक्लो उपस्थिति र निरन्तर पूजा भइ रहन्छ।जैपूरमाश्री लटिनाथ स्वामि बिराजमान छन गोगुनामा लटिनाथ स्वामिको रानिवासमा माता गोमति बिराजमान हुनुहुन्छ।बिरालिमा भूमिराज,बग्जेवालामा मालिकार्जुन,लटिनाथ र ब्रह्म पिर्तोलिमा मालिकार्जुन बसन्तेमा बसन्तीदेवी,अम्कुरुमा देवि भगवती र डाडाबाग पीडमा लटिनाथ,हुनैनाथ र लाटदेवता छन।लटिनाथ देवताको एउटा अवतारको रूपमा पूजित भेल्कुचे,बाइसलिङ्गे,लटेधुरा,धुलेडी र खर्क एउटै सृङ्खलामा बिराजित छन।मैखोलीमा महारानी सुनामाता,खर्कमा श्री लटिनाथ स्वामी सलकट्ट्यामा पाटा नामले लटिनाथकै ऐडिबाग स्वरुप,सलानिमा डाडाबाग,इरखोलि,अम्कुरु,सुङरखालमा तत्तत देवताका स्थापित थान छन भने देवी स्वरुप आमा कुस्माति रिठा गाउँमा बिराजित छन। वडा नम्बर छ को उचाकोटमा महारानि आमा सोभाश्री,लटिनाथ,कैलपाल,पार्सिल;मेलाउमा लटिनाथ,कैलपाल र भैरब ;सिरोडामा हुनैनाथ र भैरब देवता बिराजित छन।तेलिगाउमा दौखालिमा श्री मालिकार्जुन,बेलापातलमा लटिनाथ,तेलिगाउमा भैरबनाथ त्युनेगाउमा मालिकार्जुन र भैरब स्थापित छन।गडेतमा मालिकार्जुन,भट्ट र सार्की टोलमा खोदाइनाथ स्थापित छन भने तेलिगाउ र त्युनेगाउको सिमाना धुरामा बालिचन बिराजमान छन।
यसरी लेकमको गाउँ गाउँ बस्ती बस्तीमा देवालयहरु स्थापित भएपनि ती देवालयहरुको राम्रो ब्यवस्थापन भने गर्न सकिएको छैन।देशमा सङ्घीयता लागु भएपछि धार्मिक स्थलहरुको सङ्रछ्यण,सम्बर्धन र ब्यवस्थापनमा स्थानीय निकायले ध्यान दिनुपर्ने आजको आवष्यकता टडकारो देखिएको छ।
बिकास निर्माणमा लेकम पछि परेको गाउँ पालिका हो।देशमा लोकतान्त्रिक सङ्घीय गणतन्त्रको स्थापना पछि मात्रै यहाँ केहि कच्चि सडकहरु बनेका छन तापनि तिनको उचित सङ्र्क्षण नहुदा सबै सडकहरुमा यातायातका साधनहरु चल्न सकिरहेका छैनन।लेकमबाट जिल्लाको सदरमुकाम खलङ्गा जान पनि हिडेरै जानु पर्ने बाध्यता छ।सडक बनेको छ तर कमिशन र खिचातानिको कारण नाकामयाब रहेको छ।लेकम गाउँ पालिकाको दोस्रो निर्वाचित सरकारपनि कमिशनमुखि भ्रष्ट प्रबृत्तिमा नै चुर्लुम्म डुबेकोले जनताको सेवा सुबिधा भन्दा पनि सङ्घ र प्रदेशबाट प्राप्त रकम कसरी कुम्ल्याउने भन्ने मा नै निर्लिप्त देखिएको छ।न पुराना योजनाहरुले नियमितता पाएका छन न त कतै नयाँ योजनाहरु नै छन।सुशासनको नारा फलाक्नेहरु न त पारदर्शिताको अवलम्बन गर्न सकिराखेका छन न त मितब्ययिताको।यसरी हेर्दा लेकमको बिकास निर्माण गतिहीन लक्ष्यहीन र बिचार तथा योजनाहीन अवस्थाबाट गुज्रिएको छ भन्न सकिने प्रशस्त कारणहरु र उदाहरणहरु छरप्रष्ट छन।बिडम्बना लेकममा राज्यको उपस्थिति नै छैन।

Keshabraj Bist सरको फेशबुक भित्ताबाट सांझा गरिएको 🙏

निंगलाशैनी भगवती मन्दिर देहीमाडौ बैतडी ❣️🙏
16/10/2023

निंगलाशैनी भगवती मन्दिर देहीमाडौ बैतडी ❣️🙏

07/02/2023
मन पर्ने लाइ होइन मन पराउने लाइ रोज्नुहोस           शुभ प्रभात🌷🌷🌷
11/12/2021

मन पर्ने लाइ होइन
मन पराउने लाइ रोज्नुहोस
शुभ प्रभात🌷🌷🌷

Address

서울 은평구 진관동
Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Sudurpaschim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudurpaschim:

Share

Category