09/09/2024
काठमाडौँ घुम्ने क्रममा सोधिने प्रश्नहरू 😍😂
रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?
बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो !
स्वयम्भूमा एकछिन उभियो
बत्ती बाल्ने हो ?
ठमेलमा एकछिन उभियो
मसाज गर्ने हो ?
पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?
कलङ्कीमा एकछिन उभियो
पोखरा / चितवन हो ?
कोटेश्वरमा एकछिन उभियो
सिन्धुली / बर्दिबास हो ?
सुन्धारामा एकछिन उभियो
होटेल / गेस्ट हाउस चाहिएको हो ?
कालिमाटी एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?
घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?
बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?
एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ?
रत्नपार्कमा एकछिन उभियो भने
दाइ जाने हो ?
मेरो देशमा झोला बोकेर उभिने ठाउँ पनि छैन यार 😌
के यो देशमा एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म