TV1 Nepal

TV1 Nepal Welcome to the official page of TV1 Nepal

02/06/2026
28/05/2026

रविन्द्र ढाँट Road to UFC मा सानदार जित निकाल्दै सिजन ५ को सेमिफाइनलमा प्रवेश !!

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले काठमाडौंमा निर्माण हुन लागेको बाल अस्पताल भवनका लागि ७१ करोड रुपैयाँ सहयोग गरेका छन...
20/05/2026

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले काठमाडौंमा निर्माण हुन लागेको बाल अस्पताल भवनका लागि ७१ करोड रुपैयाँ सहयोग गरेका छन्। 😮 डा. भगवान कोइरालालगायत विज्ञहरूको पहलमा स्थापना भएको ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (KIOCH (Kathmandu Institute of Child Health) ले नेपालमै विश्वस्तरीय बाल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

14/05/2026

मन्त्री Sunil Lamsal नेतृत्वको भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालय निर्माण व्यवसायीमाथि थप कडा रूपमा प्रस्तुत हुने तयारीमा रहेको चर्चा सुरु भएको छ।

स्रोतका अनुसार केही निर्माण व्यवसायीलाई प्रहरीमार्फत नियन्त्रणमा लिइसकेपछि अब थप ८०/९० जनाको सूची तयार पारिएको दाबी गरिएको छ। सरकारी ठेक्का, ढिलासुस्ती, अपारदर्शिता र काम नगर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्ने सन्देश दिन खोजिएको बताइएको छ।

B***n Shah नेतृत्वको सरकारले पछिल्लो समय सुशासन, ठेक्का सुधार र विकास निर्माणलाई परिणाममुखी बनाउने अभियानलाई तीव्र बनाइरहेको छ। यही क्रममा निर्माण क्षेत्रमा वर्षौंदेखि जरा गाडेको ढिलासुस्ती र प्रभावशाली समूहविरुद्ध दबाब बढाइएको विश्लेषण भइरहेको छ!
***nsarkar

पुर्व प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई “आमा” भनेर सम्बोधन गरिएकोमा आक्रोश व्यक्त गरेकी छन्।काठमाडौंस्थित राष्ट्रिय स...
09/05/2026

पुर्व प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई “आमा” भनेर सम्बोधन गरिएकोमा आक्रोश व्यक्त गरेकी छन्।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले “आमा” भनेर सम्बोधन गर्दा उनले तीव्र प्रतिक्रिया दिएकी हुन्।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै आएकी कार्कीले संवैधानिक परिषद्ले वरिष्ठता मिचेर निर्णय गरेको भन्दै आलोचना गर्दै आएकी थिइन्। कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीले “आमा” भनेपछि उनले “तिमीहरूको आमा फेरिइसक्यो” भन्दै कटाक्ष गरेकी थिइन्।

त्यसपछि उनले आफूलाई होइन, Sabina Kafleलाई “आमा” भन्न आग्रह गर्दै “बालेनको श्रीमतीलाई आमा भन” भन्ने प्रतिक्रिया दिएकी हुन्।
***n

07/05/2026

नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय खाली गर्न सरकारद्वारा निर्देशन जारी गरिएको छ।

भूमि मन्त्रालयले सरकारी जग्गालाई कानुनी रूपमा लिजमा परिणत नगरिएको भन्दै तत्काल कार्यालय खाली गर्न भनेको हो।

यो निर्णयसँगै सरकारी जग्गा प्रयोग, लिज प्रक्रिया र राजनीतिक दलहरूले प्रयोग गरिरहेका सार्वजनिक सम्पत्तिको विषय पुनः चर्चामा आएको छ। सरकारले सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्ने र कानुनी प्रक्रिया कडाइका साथ लागू गर्ने संकेत दिएको विश्लेषण गरिएको छ।

नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको विषयमा आपत्ति जनाउँदै दु...
03/05/2026

नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक पत्र पठाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको विषयमा नेपाल स्पष्ट र अडिग रहेको स्मरण गराइएको छ।

सरकारले यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार तथा तीर्थयात्रा सम्बन्धी गतिविधिप्रति आपत्ति जनाउँदै आएको थियो। यसपटक सबै राजनीतिक दलसँग परामर्श गरेर नेपालको आधिकारिक धारणा भारत र चीन दुवैलाई पुनः जानकारी गराइएको बताइएको छ।
***nsarkar

01/05/2026

रास्वपा(RSP) महामन्त्री Bhupdev Shahले Rabi Lamichhane र B***n Shahबीचको सहकार्यलाई आजको नेपाली राजनीतिमा “आधुनिक राम–लक्ष्मण” जस्तै भएको बताएका छन्। एकले संगठन सम्हाल्ने, अर्काले शासन चलाउने।
***nshah

29/04/2026

Pushpa Kamal Dahalले महाधिवेशनपछि अध्यक्ष पदमा नरहे पनि सक्रिय राजनीतिबाट बाहिर नजाने बताएका छन्। रुकुम पश्चिममा आयोजित विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब नयाँ पुस्तालाई नेतृत्वमा अघि ल्याउने समय आएको उल्लेख गरे।

उनले आफूलाई अब अध्यक्ष बन्ने इच्छा नभएको स्पष्ट पार्दै “देशमा एउटा ठूलो उथलपुथल ल्याएर मात्रै राजनीतिबाट विश्राम लिने” बताएका छन्। त्यसलाई नकारात्मक रूपमा नभई सकारात्मक परिवर्तनको संकेतका रूपमा बुझ्न आग्रह गर्दै उनले “म पलायन हुनेवाला छैन” भन्ने सन्देश दिएका हुन्।

B***n Shah नेतृत्वको सरकारले भारतबाट हुने केरा आयातमा कडाइ गरेपछि स्वदेशी किसानले प्रत्यक्ष लाभ पाउन थालेका छन्।सल्यानका...
28/04/2026

B***n Shah नेतृत्वको सरकारले भारतबाट हुने केरा आयातमा कडाइ गरेपछि स्वदेशी किसानले प्रत्यक्ष लाभ पाउन थालेका छन्।

सल्यानका किसानहरूले उत्पादन गरेको एक ट्रक केरा Nepalgunj मा केवल २ घण्टामै बिक्री भएको बताइएको छ। उचित मूल्य पाएकोमा खुसी व्यक्त गर्दै किसानहरूले “मेहनतको फल मिल्यो” बताएका छन्।

स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिले नेपाली किसानलाई बजार सुनिश्चित गराएको भन्दै कृषकहरूले सरकारको कदमको प्रशंसा गरेका छन्। यसलाई स्वदेशी कृषि उत्पादन प्रवर्द्धन र किसान सशक्तीकरणतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
***nshah

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when TV1 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share