06/06/2026
पावर चस्मा र कन्ट्याक्ट लेन्स केवल फेसनका सामग्री होइनन्, यी तपाईंको आँखा स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित बिषय हुन ।
गलत पावर, गलत फिटिङ , लेन्समा सेन्ट्रर प्वाईण्ट नमिले वा लेन्स सम्बन्धि ज्ञान नभएका व्यक्तिबाट बनाइएको चस्माले:
❌ टाउको दुख्ने
❌ आँखा पोल्ने वा थकान हुने
❌ धमिलो देखिने
❌ दृष्टिसम्बन्धी अन्य समस्या निम्त्याउन सक्छ।
त्यसैले चस्मा वा लेन्स बनाउँदा, सेवा दिने व्यक्ति CTEVT / NSTB बाट प्रमाणित Optician हो कि होइन भन्ने कुरा अवश्य सुनिश्चित गर्नुहोस्।
✅ प्रमाणित Optician ले सही पावर, उचित फिटिङ र आवश्यक परामर्श प्रदान गर्छ।
✅ आफ्नो आँखाको सुरक्षाका लागि चस्मा खरिद गर्नु अघि CTEVT/NSTB Certification प्रमाणपत्र हेर्न नहिच्किचाउनुहोस्।
अप्टिसियन (Optician) ले चस्मा बनाउने, Dispensing, Optical Lens Counseling तथा फिट गर्ने कार्य गर्छन्। अप्टिसियनलाई आँखाको जाँच (Eye Examination) गर्ने कानुनी अधिकार हुँदैन।
आँखाको जाँच भने अप्थाल्मोलोजिस्ट (Ophthalmologist), अप्टोमेट्रिस्ट (Optometrist) वा Ophthalmic Assistant सम्बन्धित परिषद्मा दर्ता भएका योग्य स्वास्थ्यकर्मीले मात्र गर्न सक्छन्।
👁️ तपाईंको दृष्टि अमूल्य छ। सुरक्षित रहौं, सचेत बनौं।