"our goal is customer satisfaction ."Singapore Enterprises, established in the year 1995 A.D, mainly focused for Gurung, Magar and Mongolian Community dresses as well as imported goods for their requirements. With 20 years long experience, it has already established as one of the popular shopping center in Nepal.
सिंगापूर इन्टरप्राईजेज
संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा र भेषभूषा हामी सब
ैको सम्पति हो । जसले हाम्रो पहिचान झल्काउँछ । त्यसैले आमनेपाली यी सबै कुरामा सचेत बन्दै गएका छन् । देशमा पश्चिमा संस्कृतिको प्रभाव पनि उतिकै मात्रामा छ । तर नेपाली समुदाय त्यसमा पनि आदिवासी जनजाति बसैभन्दा बढी आफ्नोपनप्रति सचेत बन्दै गएका छन् । राज्यको आँखामा लामो समयसम्म अटाउन नसकेका आदिवासी जनजातिहरु पछिल्लो राजनीतिक परिवर्तनसँगै राज्यको मूलप्रवाहमा आउने प्रयत्नमा छन् । या त राजनीतिक रुपमा होस या त सामाजिक, सांस्कृतिक अन्य कुनै रुपमा । पछिल्लो समय आदिवासी जनजातिहरु सबैभन्दा बढी आफ्नो मौलिक पहिरनमा सचेत देखिएका छन् । जनजातिहरुले आफ्नो पहिरनमा देखाएको सचेतनालाई सांस्कृतिक रुपान्तरण र पहिचान पुनस्थापित गराउने प्रयत्नका रुपमा मान्न सकिन्छ । जनजातिहरु आफ्नो पहिरनप्रति सचेत हुनुमा गैह्आदिवासी जनजातिहरुको पनि अत्यन्तै ठूलो योगदान रहेको छ । आदिवासी जनजाति युवा युवतीहरु आफ्नो मौलिक पोशाक लगाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका भएपनि बजारमा आफ्ना पोशाकहरु सहज रुपमा पाउन नसक्ने समस्यामा छन् । यस्तै समस्यालाई समाधान गर्ने प्रयत्नमा २०५२ सालमा काठमाडौको खिचापोखरी न्यूरोडमा स्थापना गरिएको नाम हो सिंगापुर इन्टरप्राईजेज । आदिवासी जनजातिहरुको पोशाकहरुलाई माया गर्दै त्यो समयदेखि नै स्थापित र सफल व्यवसायी गोपाल केसी र गोमा केसीले सुरुवात गनुभएको सिंगापूर ईन्टरप्राईजेज आज देशका कुल जनसंख्याको करिव ४० प्रतिशत आदिवासी जनजातिको संग्राहलय जस्तै भएको छ । http://www.gurungnews.com/wp-admin/media-upload.php?post_id=279&type=image&TB_iframe=1
गैर आदिवासी जनजाति भए पनि गोपाल र गोमाले आदिवासी जनजातिहरुको पोषक संरक्षण सम्वद्र्धनमा पु¥याएको योगदानलाई साच्चिकै कदर गर्नुपर्छ । स्वदेश तथा विदेशमा आदिवासी जनजाति मुलका व्याबसायी नभएको होइन, उहाँहरुले पनि आदिवासी जनजातिहरुको पोशाकप्रति चासो र सक्रियता नदेखाएको पनि होइन तर गोपाल र गोमाको उचाइमा भने कमै मात्र पुग्न सकेका छन् । यस अर्थमा पनि सिङ्गापुर इन्ट्प्राइजेजले आदिवासी जनजातिहरुप्रति योगदान पु¥याएको मान्न सकिन्छ । सुरुवातमा सिङ्गापुर इन्टरप्राइजेजले विदेशमा बसोबास गर्ने नेपालीहरुले त्यहाँ प्रयोग गरिरहेको सामानहरु नेपालमा पनि उपलब्ध गराउने उद्देश्य लिएको थियो । त्यो विशुद्ध व्यावसायिक सुरुवात थियो । विदेशका सामान ल्याएर बिक्री गर्ने व्यवसाय त छँदै थियो त्यसको अलावा नेपाली उत्पादन र मौलिकतालाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा समेत सिङ्गापुर इन्टरप्राइजेज सहमत भयो । त्यसैको परिणाम मान्नुपर्छ विगतका वर्षहरुयता गुरुङ, मगर, राई लिम्बू लगायत मंगोलियन समुदायको भेषभूषासमेत बिक्री वितरण गर्दै आएको छ । आफैमा चुनौतीपूर्ण काम मान्न सकिन्नछ, विभिन्न जातजातिहरुको भेषभूषा संकलन गर्दै बिक्री बितरण गर्ने कार्यलाई । देशमा पश्चिमा संस्कृतिको प्रभाव व्यापक बढ्दै जानु र राज्यद्धारा देशका संस्कार संस्कृति र रीतिरिवाजको संरक्षण नहुनुका कारण विभिन्न जातजातिका भेषभूषा लोप हुँदै गएको छ । यस्तो अवस्थामा सिङ्गापुर इन्टरप्राइजेजको साहसलाई कम आँक्न पनि मिल्दैन ।
सिङ्गापुर इन्टरप्राइजेजको सामाजिक उत्तरदायित्व
सभ्य समाज आफै बन्दैन । हामीले नै सभ्यताको सुरुवात गर्न जरुरी छ । जसका लागि सामाजिक योगदान अपरिहार्य छ । व्यक्तिगत विकासका जो कोही पनि रातदिन परिश्रम गरिरहेका हुन्छन् । परिश्रमपछि आर्थिक सम्पन्नता अवश्य छ । आफुले आर्थिक विकास गर्ने र त्यसको केही प्रतिशत सामाजिक सेवामा सदुपयोग गर्ने कुरा भने महत्वपूर्ण रहन्छ । सिङ्गापुर इन्टरप्राइजेज त्यो कुरामा पनि अग्रस्थानमा रहेको छ ।
ठूला लगानीमा धेरै व्यवसायहरु सञ्चालन गर्ने परिपाटी छ । व्यवसायीहरुको मानसिकता पनि त्यस्तै । सानो लगानीमा व्यवसाय सुरु भयो भने आर्थिक बिकास पनि मुश्किल छ भन्ने व्यवसायीहरु पनि कम छैनन् । तर सिङ्गापुर इन्टरप्राइजेजका सञ्चालक गोपाल केसीलाई त्यो मानसिकताले छुन सकेन त्यसैले २०५२ सालमा जम्मा तीन लाख रुपैयामा सिङ्गापुर इन्टरप्राइजेजको स्थापना गर्नुभएको थियो । करिव १५ वर्षको व्याबसायिक यात्रामा रहेको सिङ्गापुर इन्टरप्राइजेजले हाल ५० लाख बराबरको चालु पूँजी बनाएको छ । यसलाई पनि ठूलो सफलता मान्न सकिन्छ । व्यावसायिक सफलता हासिल गरेको सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्ने महसुस गरेर समाजमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयत्न गरिरहेको छ ।
यही क्रममा २०६२ साल माघ २ गतेबाट सिङ्गापुर इन्टरप्राइजेजले व्यावसायिक सामाजिक उत्तरदायित्वको यात्रा समेत सुरुवात गरेको छ । सिंगापूर इन्टरप्राइजेजका संचालक गोपाल के.सी.द्धारा गाउँगाउँमा कम्प्युटर शिक्षा तथा स्वास्थ्य सेवा नेपाल नामक संस्था स्थापना गरी आफूले अध्ययन गरेको विद्यालय महेन्द्र आदर्श उच्च मा.वि. वामी टक्सार गुल्मीमा १५ थान कम्प्युटर र शिक्षक उपलब्ध गराई त्यस उच्च मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्दै आएको छ । यसै क्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत २०६६ भाद्र ७ गते तमू समाज ललितपुरलाई १० थान कम्प्युटर र सो सञ्चालनलाई आवश्यक पर्ने फर्निचर उपलब्ध गराएको छ । त्यसैगरी रेडीयो पाल्पा एफ.एम.लाई १ थान कम्प्युटर र माइती नेपाल, सातमुहाने देउराली तमु समाज, ललितपूर मगर समाज केन्द्र ललितपुरलाई १०÷१० थान कम्प्युटर उपलब्ध गराएको छ । त्यसैगरी २०६७ माघ १ गते श्री चन्द्रप्रभा उच्च माध्यामिक विद्यालय रुपाकोट, भिरचोक कास्कीलाई १० थान कम्प्युटर र श्री गोपाल–मिना राई फाउण्डेशन ओखलढुङ्गालाई १ थान कम्प्युटर प्रदान गर्नुलाई सामाजिक उत्तरदायित्व निर्वाहको रुपमा मान्न सकिन्छ । यस कार्यलाई निरन्तरता दिइरहेको सिङ्गापुर इन्टरप्राइजेजका सञ्चालक गोपाल केसीको भनाइ छ ।
- See more at: http://www.gurungnews.com/?p=279 .gOXjTOY9.dpuf