27/08/2026
रासुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढी–पहिरोले पुर्याएको जनधनको क्षतिले हामी सबैलाई गहिरो दुःखी बनाएको छ।
ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। बेपत्ता रहनुभएकाहरूको सकुशल खोजी तथा उद्धारको कामना गर्दछौँ।
यस्तो कठिन समयमा आधिकारिक निकायका सूचना र विश्वसनीय समाचारलाई मात्र आधार बनाऔँ। अपुष्ट खबर तथा अफवाह नफैलाऔँ। सम्भव भएसम्म एकअर्कालाई सहयोग गरौँ, प्रभावित परिवार तथा समुदायलाई साथ दिऔँ र उद्धार तथा राहत कार्यमा सहयोग पुर्याऔँ।
व्यवसायभन्दा माथि मानवीयता र साथ महत्वपूर्ण छ।
हामी प्रभावित परिवार र समुदायसँगै छौँ।
प्रभावित सबैमा धैर्य, साहस र शक्ति मिलोस्।
हामी सबै सँगै छौँ।