27/06/2025
पर्यटन र विकासको इतिहास
डा. बम बहादुर अधिकारी द्वारा लिखित पुस्तकमा उल्लेख गरिएका ऐतिहासिक स्थल पकडियागढमा विकासको गतिमा कमि
प्रदेश नं. २ पर्यटनको संक्षिप्त परिचय र महत्वपूर्ण पर्यटकीयस्थल अन्तरगत
पकडियागढ
विक्रम सम्वत १३२५ तिर राजा कुलहेश्वरको राजधानी रहेको सिराहाको लहान बजार निकट पकडियागढ रहेको छ। यस गढको ढिस्कोमा प्राचीन मूर्ति र मुद्राहरू पाइएकोले त्यहाँ कुलेश्वरको राजाको दरबार थियो। र यो ठाउँ पुरातातिक मानिएको छ। कुलेश्वरको राजाको छोरी राजकुमारी चन्द्रावतीको बहुमूल्य गरगहनाहरू सुरुङ खनेर चुहरमल भन्ने चोरले चोरियो तर चोरको आरोप भन्ने राजाको पुरुषार्थी चौकीदार शलहेसलाई लगाएर उनलाई कैद समेत गरियो पछि चोरीका सामानहरु बरामद भएका कारण सलहेस जेल मुक्त भए। यस ठाउँमा नयाँ बर्षका समयमा मेला लागेर कुल्हेश्वर लगायत बिभिन्न देविदेवता र सलहेसको पनि पुजा गरिन्छ। सलहेसले तत्कालीन शोषक सामन्तहरुसँग विद्रोह गरेर पृथक राज्य बनाएका थिए। पछि गएर जयबर्द्वन सलहेस दुषाध जातिका कुलदेवता र पुरुस्वार्थी व्यक्ति कहलिए ।