S. Collection

S. Collection Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S. Collection, Clothing Store, Ghermu-5, lamjung, Lamjung.

26/01/2018
GuYs  !!!  wAnNa mAke a giFT ??
29/01/2017

GuYs !!! wAnNa mAke a giFT ??

07/01/2017

डिप्रेसनबाट मुक्ति पाउने ६ उपाय (लक्षण सहित)
नेपालमा डिप्रेसन रोगका मुख्य कारणहरु पारिवारिक कलह, काममा असफलता, विदेश बसाई, प्रेममा वियोग, मानिस मृत्यु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बालक अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनको असर आदि पर्दछन् । कतिपय डिप्रेसन रोगका बिरामी राती निदाउदैनन् वा निद्रा नपर्ने हुन्छ । डिप्रेसनका बिरामीहरु आत्तिने खालको सपना देख्छन । धेरै डिप्रेसनका बिरामी आफुलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन् । कोही यौनक्रियामा कमी भयो भन्ने लक्षण लिई डाक्टर कहाँ जान्छन् ।

डिप्रेसन रोग यकिन गर्न लक्षणहरु कम्तीमा २ हप्तासम्म रहनुपर्छ । डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन् । कतिपय बिरामीहरु सुरुमा बेलुकी पख टाउको दुख्ने, कुराहरु बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने हुन्छन् । मानिसहरुमा विभिन्न खालका डिप्रेसन देखापर्छन् । समुदायका ५ प्रतिशत मानिस डिप्रेसन रोगबाट पिडित छन्, जुन पहिचान गर्न नसकिने भएकोले उपचार गर्न पाएका हुँदैनन् । समुदायमा आत्महत्या भएको घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो ।

काममा सक्रिय

धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुसी प्रदान गर्छ । हरेक कुरामा रुचि राख्दा सन्तुष्टि र आफ्ना बारेमा राम्रो महसुस गर्न सहगोग गर्छ । यसले समस्या र नकारात्मक सोचबाट दिमागलाई टाढा भगाउँछ । रुचि बढाउने केही तरिका छन् । जस्तै : घरको सामान्य काममा व्यस्त हुने, बिरामी वा बूढा मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।

सकारात्मक सोच

डिप्रेसनमा नकारात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धि, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशका रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै सामाजिक जीवनमा सुधार ल्याउँछ । पीडाको समयमा खुसीसाथ बाँच्नु एउटा साहसिक छनोट पनि हो ।

समस्याको पहिचान

सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्नु जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–साना उपायको पहिचान गर्नुपर्छ । समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनुपर्छ । जीवनमा किन पीडादायी वा नकारात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो हुनुको कारण पत्ता लगाउनु जरुरी छ ।

खराब स्वभाव रोक्ने

गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवतः साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् ? आफ्ना अघि जस्तासुकै देखिएपछि बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् । आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हँुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।

भएकोमा सन्तुष्ट

आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नुपर्छ । निराश मानिस निश्चित विषय जस्तै : विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ ।

सोच परिवर्तन

खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने काम हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाका लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने मेरो आफ्नै गल्ती छ भन्ने महसुस गर्नुपर्छ । मैले यस्तो सोच्ने होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–साना रमाइलोमा खुलेर हाँस्नुपर्छ । नकारात्मक सोचको तलाउमा डुब्नबाट बाँच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

डिप्रेसनका लक्षणहरु
रुन मन लाग्ने
निराश हुने
एक्लै बस्न रुचाउने,
झर्को लाग्ने
दिक्क मान्ने
बोल्न मन नलाग्ने
छटपटी
हातखुट्टा झमझम गर्ने
पैतला पोल्ने
मुख सुक्ने
आत्मग्लानी हुने
नकारात्मक सोचाई रहने
निद्रा कम पर्ने
खानामा रुचि नहुने
यौन सम्पर्क गर्न रुचि नहुने
आफूलाई निकम्मा सम्झने
मर्न पाए हुन्थ्यो भन्ने
बारम्बार रुने
शंका लाग्ने
कानमा आवाज आउने

साेत : स्वास्थ्य खबरपत्रिका

किसान कम्पनी को प्लानर मात्र रु ४८०० मा ..........s. collection, घेर्मु सम्पर्कको लागि ९८४६२४९२१६
17/02/2016

किसान कम्पनी को प्लानर मात्र रु ४८०० मा ..........s. collection, घेर्मु सम्पर्कको लागि ९८४६२४९२१६

14/02/2016
stylest shoes....>>>> best price at s. collection ghermu lamjung 9846249216
08/02/2016

stylest shoes....>>>> best price at s. collection ghermu lamjung 9846249216

सम्पूर्ण घरायेसी सामान को लागि ...s. collection घेर्मु लाइ सम्झनु होला
24/01/2016

सम्पूर्ण घरायेसी सामान को लागि ...s. collection घेर्मु लाइ सम्झनु होला

24/01/2016

अब सम्पूर्ण घरायसी एकै छाना मुनिबाट ..........s. collection , घेर्मु lamjung ........सम्पर्कको लागि ९८४६२४९२१६

s. collection अब थप सेवा र सुबिधाको साथ् .....फोटो खिच्न तथा फोटोकपी गर्नु परेमा हामीलाई सम्झनु होला
21/01/2016

s. collection अब थप सेवा र सुबिधाको साथ् .....फोटो खिच्न तथा फोटोकपी गर्नु परेमा हामीलाई सम्झनु होला

Address

Ghermu-5, Lamjung
Lamjung
0977

Telephone

+9779846249216

Website

Alerts

Be the first to know and let us send you an email when S. Collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category