Hari nyaupane

Hari nyaupane It's only one official fan page of muskangulmi who is a tooling or die casting design and well known designer of Nepal..

25/04/2018

महिनवारि हुँदा मेरी आमाले माझेको भाडा बाबाले सुन पानीले छर्कदै चोखो बनाउनु हुन्थ्यो,
तर बिड्मबन
कान भरी झपक्कै सुन लगएकी मेरी आमा महिनवारि हुँदा कहिले चोखो भईनन्.. 😞

29/08/2017

" २ लाइन "

दुख बेदना भुलि रमाउनु छ जीवन
साेचे जस्तै सुन्दर बनाउनु छ जीवन ।।

23/08/2017

" मुक्तक "

कसैले किन यहाँ, यति धेरै याद गराउछन्
वेचेयन यो ढुक्ढुकी,त्येसै किन गलाउछन्।।
:
हिजो हात दिएर संगै हिँड्न सिकाउने हरू,
आज ओखतीभन्दै,खुर्सानी धुलो पठाउछन्।।

16/12/2016

" मुक्तक "
_
घाइते भएर मुटु दुख्ने भएको छ
ठाडो शिर पिडाले झुक्ने भएको छ।।

दुखाउने र झुकाउने त्यो छली मायाले
फुल को झै जोबन सुक्ने भएको छ।।

15/12/2016

" तितो यथार्थ "
_
जुन समाजले ऊ जन्मिदा लक्ष्मी भनेथ्यो
त्येहि समाज हो! बुढेस कालमा बोक्सी
भन्ने पनि...

आकास छुने लोभ देखाई रुख चढाएर
आफ्नै हुन्छन्! फेदमा बसी जरा खन्ने पनी...

10/12/2016

" गजल "
_
सम्झनामा हर पल तिम्रै याद आयो
आफै लाइ हराएर तिम्रै प्यार छायो।।

हररात सपनिमा सधै देख्छु तिमीलाई
विहानिमा बादल लाग्छ आँखा रसायो।।

#शुभप्रभात [ ]

28/11/2016

" मुक्तक " जस्तै
_
एकान्तमा यो मन,कतै हराएको जस्तो
बाहिर सितल भित्र मन जलेको जस्तो।।
:
गल्ति गरेछु कि? यो मन डराईरहेको छ..,
लाग्छ जुनले पनि,मलाई गिज्याए जस्तो।।

28/11/2016

"मुक्तक "

मैले तिमीलाइ चाए तिम्ले चाहेको भए
हामी दुइ कै मन मुटु मा छाएको भए।।

आज मौसम पनि न्यानो लाग्थ्यो होला
खास तिमी र म सङै हुन पाएको भए।।

25/11/2016

" मुक्तक " [ चोटहरू ]
_
विरानो प्रदेशमा, कसलाई सुख हुन्छ
घरको सम्झना, अनि पिडाहरू हुन्छ।।
:
लुकाएर दुखहरू, ओठमा मुस्कान छर्दै
चोटहरू के हो?भोग्नेलाई नै थाहा हुन्छ।।

19/11/2016

कसैको सुन्दरतालाई वणन गर्नु भन्दा पनि
ऊसको शुद्धता हुनु पनि धेरै जरूरत छ... :-)
नत्र :-
त्यो कुहिएको हिलोमा फूल्ने "गुलाफ"को के अर्थ भो र..?

आजभोलिको प्रेम कस्तो हुन्छ?केमा रमाउछन साच्चै प्रेम नभएका प्रेमीहरुबाकी तस्वीर आफै बोल्दैछ....  #चेतना_भया
23/10/2016

आजभोलिको प्रेम कस्तो हुन्छ?
केमा रमाउछन साच्चै प्रेम नभएका प्रेमीहरु
बाकी तस्वीर आफै बोल्दैछ....

#चेतना_भया

Address

Butwal
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Hari nyaupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share