15/04/2026
धादिङको नीलकण्ठ नगरपालिका–८, कमेरे गाउँमा १ अर्ब ५० करोड रुपैयाँ लगानीमा फ्रेन्च फ्राई उद्योग स्थापना हुँदैछ। उद्योग सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने र करिब २० हजार किसान लाभान्वित हुने अपेक्षा गरिएको छ। उद्योगले दैनिक १० टन आलु खपत गरी आलुजन्य खाद्यपदार्थ उत्पादन गर्ने लक्ष्य राखेको छ। स्थानीय किसानलाई आलु उत्पादनमा प्रोत्साहन दिँदै उद्योगले खरिद गर्ने घोषणा गरेको छ। यसले उच्च हिमाली भेगमा उत्पादित आलुलाई बजार सुनिश्चित गर्ने आशा जगाएको छ। धादिङमा निर्माणाधीन फ्रेन्च फ्राई उद्योगले कृषि र उद्योगलाई जोड्दै रोजगारी, बजार र आर्थिक इकोसिस्टम निर्माण गर्ने संकेत दिएको छ।